युक्रेन युद्धबारे बाइडेन-सि जिनपिङबीच छलफल हुने
काठमाडौं । युक्रेनमा तीन सातादेखि चलिरहेको संकटका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका राष्ट्रपति सि जिनपिङले शुक्रबार फोनमा छलफल गर्ने भएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले आफ्ना चिनियाँ समकक्षीसँग रुसमाथि लगाएको प्रतिबन्धसम्बन्धमा कुरा गर्ने बताइएको छ ।
नोभेम्बरमा भिडियोमार्फत भएको वार्तापछि सि जिनपिङ र बाइडेनबीच पहिलोपटक कुराकानी हुन लागेको हो ।
युक्रेन संकटमा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको छ भने चीन रुसतर्फ ढल्किएको छ । यस अवस्थामा छलफलका माध्यमबाट मतभेद समाधान गर्ने अवसरका रुपमा लिइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया