NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

युक्रेनको स्वास्थ्य क्षेत्रमा ४३ आक्रमण, १२ को मृत्युः विश्व स्वास्थ्य संगठन

काठमाडौं । रुस र युक्रेनबीच भइरहेको युद्धका क्रममा युक्रेनको स्वास्थ्य प्रणालीमा ४३ वटा आक्रमण गरेको छ । यी आक्रमणबाट अहिलेसम्म १२ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अदानोम गेब्रेयससले यसबारे संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा जानकारी दिएका छन् ।

अस्पताल तथा मेडिकल क्षेत्रमा हमलामा दर्जनौं व्यक्ति घाइते भएको पनि संगठनले जनाएको छ । ‘कुनै पनि युद्धमा स्वास्थ्य प्रणालीमा आक्रमण गर्नु भनेको अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गर्नु हो’ टेड्रोसले १५ सदस्यीय परिषदमा भनेका छन् । उनले यी आक्रमण कुन पक्षले गरेको हो भनेर तोकेका छैनन ।

रूस-युक्रेन युद्धकाे २३ दिन पुगीसकेकाे छ । यस अवधिमा ३० लाखभन्दा बढी युक्रेनी नागरिक विस्थापित भएका छन्, सयाैं मारिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष