सन्दीपले दिलाए नेपाललाई पाँचौं विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईविरुद्ध कप्तान सन्दीप लामिछानेले पाँचौ विकेट दिलाएका छन् ।
३५ रन हुँदा चार विकेट गुमाए पनि रोहन मुस्तफा र सि रिजवानले युएईको लागि ५० रन बढीको पार्टनरसिप खेलेका थिए । तर ३३.३ ओभरमा सन्दीपले रिजवानको विकेट लिएका हुन् ।
४० रन बनाएर खेलिरहेका रिजवान सन्दीपको बलमा आशिफ शेखबाट स्टम्पिङ भएका हुन् ।
३७ ओभरको खेल सकिंदा युएईले ५ विकेट क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ । मुस्तफा ३९ रन बनाएर खेलिरहेका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया