NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

२३ औं दिनमा रुस-युक्रेन युद्ध

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेको २३ दिन बितिसक्यो । रुसले युक्रेनको पश्चिमी क्षेत्रमा हमला गर्न सुरु गरेको छ । २३ दिनभित्र युक्रेनमा धेरै चीज बदलिएको छ । लाखौं मानिसले देश छोडेर हिँडेका छन् ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार युद्ध यता झन्डै १४ हजार २ सय रुसी सैनिक मारिएका छन् । युक्रेनको पश्चिमी सहर लविभमा पहिलोपटक रुसले आक्रमण गरेको छ ।

यो हमला विमानस्थलनजिकै मेन्टेनेन्स प्लान्टमा भएको हो । लविभका नगरप्रमुखको अनुसार रुसको मिसाइलले एयरक्राफ्ट रिपेयर प्लान्टमा आक्रमण गरेको छ । आक्रमणबाट हाताहात भएको खबर आएको छ ।

बेलायतको प्रसारण नियामक अफकमले रुसी समर्थित ब्रोर्डकास्टर रसिया टुडेको प्रसारण लाइसेन्स तत्काल प्रभावबाट रद्द गरे । अमेरिका र बेलायतको रक्षा अधिकारीका अनुसार रुसी सेनाले हाल युक्रेनको कुनै नयाँ क्षेत्रमा नियन्त्रण गरेका छैनन । सैन्य आपूर्तिमा अवरोध भएका कारण रुसी सैनिकको मनोबल कमजोर भएको बताइएको छ ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा गोलीबारी जारी छ तर युक्रेनका सैनिकले प्रतिरोध गरिरहेका छन् । युद्धकै कारण अहिलेसम्म २० लाखभन्दा बढी युक्रेनी सीमा पार गरेर पोल्यान्ड पुगेका छन् ।

स्थानीय अधिकारीका अनुसार दक्षिण पूर्वी सहर मरिउपोलमा रुसी सेनाले भारी हमला गरेको छ । त्यहाँबाट ३० हजार मानिसहरु बाहिर निस्किन सफल भएका छन् ।

साथै शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सि जिनपिङ फोनमा छलफल गर्ने भएका छन् । यी दुई नेताबीच युक्रेन र रुसको विषयमा वार्ता हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष