रुस-युक्रेन मुद्दामा पुटिन र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ ।बिहीबार भएको सो वार्ताका क्रममा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
दुई देशकाबीचको व्यापार, लगानी तथा अन्य द्धिपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्रेमलिनले दिएको जानकारीअनुसार फोनवर्ताका क्रममा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएका समाचारमा जनाइएको छ ।
साथै दुई नेताबीचमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ । त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।
रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ता भन्दा पनि बढी भएको छ । यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया