गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु

काठमाडौं । मध्यपुरथिमि-३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ ।
मिक्सचर बोकेको ना७त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका-५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया