गोपको जिएम र न्यूनतम पारिश्रमिकको अध्यक्षमा पत्रकारबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका दुई निकाय गोरखापत्र संस्थानको महाप्रबन्धक (जिएम) र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकारहरूबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ ।
दुवै निकायका रिक्त पद खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न मन्त्रालयले एक साताअघि आवेदन आह्वान गरेको थियो । जुन पदमा दर्जन बढी पत्रकार तथा सञ्चारकर्मीले रुचि देखाएका छन् ।
गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि १० जनाले आवेदन हालेका छन् । यसको छनोटका लागि मन्त्रालयले गठन गरेको उपसमितिका सदस्य–सचिव मुकुन्द शर्माका अनुसार, अर्जुन बस्नेत, उत्तरसिंह विष्ट, उपेश महर्जन, ताराबहादुर बस्याल, भक्तबहादुर थापा, भवानी कार्की, भुवनराज भट्ट, रामप्रसाद दाहाल, लालबहादुर ऐरी र हरिप्रसाद भट्टराईले दरखास्त दिएका छन् । दरखास्त दिनेमध्ये अधिकांश गोरखापत्र संस्थान आबद्ध पत्रकार तथा कर्मचारी छन् । बस्नेत उमेर हदका कारण भर्खरै मात्र संस्थानको उत्पादन विभागको निमित्त निर्देशकको जिम्मेवारीबाट अवकाश भएका व्यक्ति हुन भने ताराबहादुर बस्याल संस्थानको पश्चिमक्षेत्र प्रकाशन, कोहलपुरका प्रमुख हुन् । महर्जन, थापा, कार्की, दाहाल र भट्टराई भने संस्थानका विभिन्न प्रकाशनमा कार्यरत पत्रकार हुन् ।
संस्थानका तत्कालीन महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको कार्यकाल सकिएपछि यहाँको महाप्रबन्धक पद रिक्त छ ।
त्यसैगरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आधा दर्जनले आकांक्षा देखाएका छन् । गोरखापत्रको महाप्रबन्धकमा रुचि देखाएका केही अनुहारले यता पनि दरखास्त हालेका छन् ।
समितिको अध्यक्षमा आवेदन दिनेहरूमा उत्तरसिंह विष्ट, ठाकुरप्रसाद बेल्बासे, विदुर खड्का, रामप्रसाद दाहाल, लालबहादुर ऐरी र संगीता खड्का छन् ।
मन्त्रालयले गठन गरेको छनोट उपसमितिका अनुसार, छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । यसको मिति पछि तय हुने बताइएको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया