युक्रेन संकटः केमिकल प्लान्टबाट एमोनिया चुहावट
काठमाडाैं । युक्रेनको उत्तर पूर्वी सहर सूमीमा एक रसायन संयन्त्रबाट एमोनिया चुहावट भएको छ । सुमीका गर्भनर दिमित्रो जिवेत्स्कीले यसको जानकारी दिएका छन् ।
जिवेत्स्कीले सुमीखिन्प्रोम संयन्त्रको ५ किलोमिटर आसपास बस्ने मानिसहरुलाई उक्त क्षेत्र छोडेर सुरक्षित स्थानमा सर्न चेतावनी दिएका छन् । तर उक्त प्लान्टबाट कसरी केमिकल चुहावट भयो भन्ने बारे कारण अझै खुलेको छैन ।
घटना स्थानीय समयअनुसार ४ः३० मा भएकाे थियाे ।
तर रएक युक्रेनी अधिकारीले सुमी सहरलाई नजिकैको रासायनिक प्लान्टमा अमोनिया चुहावटबाट कुनै खतरा नभएको प्रतिक्रिया दिएका छन् । हावा सहरबाट टाढा बगिरहेकाले यसको धेरै असर नहुने भनाई अधिकारीहरुको छ ।
रूसले युक्रेनमाथि लगातार हमला गरिरहेका समयमा युक्रेनले मरिउपाेलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया