युक्रेन संकटः केमिकल प्लान्टबाट एमोनिया चुहावट

काठमाडाैं । युक्रेनको उत्तर पूर्वी सहर सूमीमा एक रसायन संयन्त्रबाट एमोनिया चुहावट भएको छ । सुमीका गर्भनर दिमित्रो जिवेत्स्कीले यसको जानकारी दिएका छन् ।
जिवेत्स्कीले सुमीखिन्प्रोम संयन्त्रको ५ किलोमिटर आसपास बस्ने मानिसहरुलाई उक्त क्षेत्र छोडेर सुरक्षित स्थानमा सर्न चेतावनी दिएका छन् । तर उक्त प्लान्टबाट कसरी केमिकल चुहावट भयो भन्ने बारे कारण अझै खुलेको छैन ।
घटना स्थानीय समयअनुसार ४ः३० मा भएकाे थियाे ।
तर रएक युक्रेनी अधिकारीले सुमी सहरलाई नजिकैको रासायनिक प्लान्टमा अमोनिया चुहावटबाट कुनै खतरा नभएको प्रतिक्रिया दिएका छन् । हावा सहरबाट टाढा बगिरहेकाले यसको धेरै असर नहुने भनाई अधिकारीहरुको छ ।
रूसले युक्रेनमाथि लगातार हमला गरिरहेका समयमा युक्रेनले मरिउपाेलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया