NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने

वासिंटन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार दलिप सिंहले अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्ध थप विस्तार गर्न सक्ने बताएका छन् । यस प्रतिबन्धले रुसको अर्थतन्त्र अझै प्रभावित हुने विश्वास गरिएको छ ।

सिबिएससँगको एक अन्तर्वार्तामा दलीप सिंहले रुस पहिले नै आर्थिक खाडलमा उन्मुख भएकाे र सन् १९८० को दशकको सोभियत जीवन स्तरमा द्रुत गतिमा फर्किँदै गएकाे बताए ।

रुसले जारी प्रतिबन्धका कारण पहिले नै संकटको सामना गरिरहेको छ तर सिंहले यी प्रतिबन्धहरूलाई अझै फराकिलो बनाउन र अन्य क्षेत्रहरूलाई लक्षित गर्न सकिने बताए । वित्तिय संस्थालगायत पहिले प्रतिबन्ध नलगाएका क्षेत्रलाई लक्षित गरिनेछ ।

‘तेल र ग्यासबाहके अन्य क्षेत्र पनि प्रतिबन्धमा समावेश हुनेछन्, म तिनीहरूबारे सटिक जानकारी दिन चाहन्न, पुटिनले ती क्षेत्रहरू के हुन् भनेर थाहा पाउनेछन्,’ उनले भने ।

दलीप सिंहले एक अनुमानका अनुसार यी प्रतिबन्धले रुसको अर्थतन्त्र युक्रेनमाथि आक्रमण गर्नुभन्दा अघिको तुलनामा आधाले घट्ने बताए ।

रुससँग वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध : जेलेन्स्की