रुस–युक्रेन युद्धविरामका लागि सकारात्मक
काठमाडौं । रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ । टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय बुँदाहरुमा प्रगति भएको टर्कीका विदेशमन्त्री मेभलुत केभेस्लुतले जानकारी दिएका छन् ।
यसअघि पनि यी दुई देशबीच विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।
उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट हजारौं नागरिक विस्थापित भएका छन् । यस सहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।
निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । यहाँका ठूलो संरचनाहरु आकासबाट गरिएका बमबारीले ध्वस्त भएका छन् ।यसैले पहिला युद्धविराम गरी त्यसपछि मात्र वार्ताको टेबलमा बस्नुपर्ने युक्रेनले बताएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको छ ।
दुई देशको वार्ताका लागि टर्कीले मध्यस्थताको पहल गरिरहेको जनाएको छ । तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया