भीडको आक्रमणमा हत्या गरिएकी प्रहरी जवान उर्मिला को हुन् ?

काठमाडाैं । होलीको दिन ४ चैतमा मोरङको लेटाङमा भएको घटनाले एक प्रहरी जवानको अनाहकमा ज्यान गएको छ । होलीकाे दिनमा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले आफैंले पढाउने छात्रालाई उनको घरमा गएर दुव्यर्वहार गरेको घटनाले उग्र रुप मात्रै लिएन, अनाहकमा प्रहरी जवानको ज्यानै गयो ।
होलीको विवादले उग्र रुप लिएपछि २०७६ साउन ६ सेवा प्रवेश गरेकी खोटाङकी उर्मिला श्रेष्ठको ज्यान गएको हो ।
शिक्षकले दुव्र्यवहार गरेपछि स्थानीय आक्रोशित हुँदै जाँदा तनावको स्थिति सिर्जना भएको थियो । यही तनावलाई साम्य बनाउन पुगेको प्रहरीसँग स्थानीय झडपमा उत्रिएपछि यो दुखद् घटना घटेको हो ।
स्थिति तनावपूर्ण हुने देखिएपछि विराटनगर रानीस्थित सशस्त्र प्रहरी गणको प्रदेश १ मुख्यालयमा दरबन्दी रहेकी उर्मिला पनि अन्य सुरक्षाकर्मीसँगै लेटाङतर्फ गएकी थिइन् । तर स्थितिलाई साम्य बनाउन गएको टोलीमाथि नै स्थानीय जाइलागे । कारण थियो प्रहरीले शिक्षकलाई जोगाउन खोजेको भन्ने । तर शिक्षकमाथि अाक्रमण हुन खाेजेपछि प्रहरीले स्थतिलाइ नियन्त्रणमा लिन खाेजेकाे थियाे ।
प्रहरीले यौन दुव्यर्वहार गरेका भनेका शिक्षकलाई पक्राउ पनि गरिसकेको थियो । तर स्थानीय साम्य भएनन् । बरु उल्टै प्रहरीमाथि सन्देह उत्पन्न गर्न थाले जसले स्थितिलाई झन् तनावग्रस्त बनाइदियो ।
दिउसो नै स्थितिले तनावको रुप लिने देखिए पनि प्रहरीले रोकेको थियो । तर, साँझ भएपछि स्थानीय झन् उग्र बन्न पुगे । जसले राति ९ बजेससम्म झडपले उग्र रुप लियो । यही झडपका बीच स्थानीयको धारिलो हतियार प्रहारबाट उर्मिलाको ज्यान गएको प्रहरीले जनाएको छ । उनकाे घाँटीमा गहिराे चाेट लागेकाे थियाे । यही चाेटले अस्पताल पुर्याउन नपाउँदै उर्मिलाकाे ज्यान गयाे । घटनामा ३० जना प्रहरी र केही आन्दोलनकारी पनि घाइते भएका छन् । आइतबार रातिको घटनापछि सो क्षेत्रमा निषेधाज्ञा नै जारी गरिएको छ । सात कक्षामा पढ्ने छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
को हुन् प्रहरी जवान उर्मिला ?
प्रहरी जवान उर्मिलाको जन्म २०५२ कात्तिक १४ मा खाेटाङ बरहापोखरीमा भएको थियो । पढाइमासमेत तेज रहेकी उनी लोकसेवामार्फत सरकारी सेवामा प्रवेश गर्न चाहन्थिन् । तर लाेकसेवाकाे केही प्रयास असफल भएपछि उनी २०७६ साउन १ गते प्रहरी सेवामा लागिन् । उनले उदयपुरको जनता क्याम्पसबाट बिबिएस गरेकी थिइन् । उनका पति पनि प्रहरी सेवामै छन् । उनका पति नविन श्रेष्ठ इलाममा कार्यरत छन् । नविन उदयरपुरका हुन् । गत वर्षकाे १९ वैशाखमा विवाह बन्धनमा बाँधिएका उनीहरु एकै ठाउँमा बसेर जागिर खाने व्यवस्था मिलाउन नपाउँदै छुट्टिनुपरेको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया