रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गरेका छन् । आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह गरेका हुन् ।
‘कृपया रुससँग लड्नका लागि हामीलाई हतियार सहयोग चाहिएको छैन, हामीलाई तपाई सहयोग गर्न चाहनुहुन्छ भने रुससँगको तपाईहरूको व्यापार बन्द गरिदिए हुन्छ,’ उनले भने ।
भिडियोमार्फत गरिएको सम्बोधनका क्रममा उनले रुससँग युरोपेली देशहरूले कुनै लेनदेन नगर्ने, आफ्ना सामान पनि उता नपठाउने र उताबाट पनि केही सामान आयात नगर्ने हो भने रुस दबाबमा पर्ने दाबी गरे ।
‘रुसलाई युक्रेनबाट भाग्न बाध्य बनाउन म सबैलाई अनुरोध गर्दछु,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने । जर्मनीलाई नामै लिएर उनले जर्मनी र युरोपसँग रुसलाई दबाबमा पार्नसक्ने क्षमता भएको दाबी गर्दै त्यो प्रयोग गर्न अनुरोध गरे ।
युरोपेली देशहरूका विदेश मन्त्रीहरूको बैठक चलिरहेका बेला उनीहरूलाई नै लक्षित गरी यस्तो अनुरोध गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया