NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गरेका छन् । आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह गरेका हुन् ।

‘कृपया रुससँग लड्नका लागि हामीलाई हतियार सहयोग चाहिएको छैन, हामीलाई तपाई सहयोग गर्न चाहनुहुन्छ भने रुससँगको तपाईहरूको व्यापार बन्द गरिदिए हुन्छ,’ उनले भने ।

भिडियोमार्फत गरिएको सम्बोधनका क्रममा उनले रुससँग युरोपेली देशहरूले कुनै लेनदेन नगर्ने, आफ्ना सामान पनि उता नपठाउने र उताबाट पनि केही सामान आयात नगर्ने हो भने रुस दबाबमा पर्ने दाबी गरे ।

‘रुसलाई युक्रेनबाट भाग्न बाध्य बनाउन म सबैलाई अनुरोध गर्दछु,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने । जर्मनीलाई नामै लिएर उनले जर्मनी र युरोपसँग रुसलाई दबाबमा पार्नसक्ने क्षमता भएको दाबी गर्दै त्यो प्रयोग गर्न अनुरोध गरे ।

युरोपेली देशहरूका विदेश मन्त्रीहरूको बैठक चलिरहेका बेला उनीहरूलाई नै लक्षित गरी यस्तो अनुरोध गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष