रुसका विपक्षी नेता नाभाल्नी मानहानिको मुद्दामा दोषी ठहर
काठमाडौं । रुसी अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एवं विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अदालतको मानहानि मुद्दामा दोषी ठहर्याइएको छ । उनी अहिले पनि जेलमै छन् । समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार अदालतको यस फैसलापछि नाभाल्नीको जेल सजाय १३ वर्ष थप हुन सक्छ ।
मुद्दाको सुनुवाईको क्रममा उपस्थित एएफपी संवाददाताकाे रिपोर्टअनुसार न्यायाधीश मार्गारिटा कोटोभाले एलेक्सी नाभाल्नी घोटालाको मुद्दामा दोषी ठहर भएपछि न्यायाधीशको अपमान गरेर अदालतको मानहानि गरेको बताएकी छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एलेक्सी नाभाल्नीले मस्कोको एक जेलमा दुई वर्ष ६ महिनाभन्दा बढी समय बिताइसकेका छन् । उनलाई प्यारोलको नियम उल्लंघन गरेको आरोप लागेको थियो ।
एलेक्सी नाभल्नीविरुद्ध लगाइएको पछिल्लो आपराधिक मुद्दाले उनको सजाय थप १३ वर्ष बढाउन सक्छ । नाभाल्नीले यसलाई राजनीतिबाट प्रेरित पनि भनेका छन् । सरकारी वकिलले उनलाई उच्च सुरक्षा कारागारमा राख्न माग गरेका छन् ।
न्यायाधीश मार्गारिटा कोटोभाले एलेक्सी नाभल्नीले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेको बताइन् । सन् २०२० मा सर्बियामा विष सेवन खुवाइएपछि जर्मनीमा उपचार गराएर गत वर्ष नाभल्नी रूस फर्किएपछि उनलाई जेल पठाइएको थियो ।
उनीमाथि भएकाे विष आक्रमणकाे दाेषी पुटिनलाई मानिएकाे छ । तर, रुसले यी आरोपको खण्डन गरेको छ । क्रेमलिनले नाभाल्नीलाई विष दिइएको र त्यसमा रुसको कुनै भूमिका नभएको प्रमाण नरहेको बताएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया