NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

रुसका विपक्षी नेता नाभाल्नी मानहानिको मुद्दामा दोषी ठहर

काठमाडौं । रुसी अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एवं विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अदालतको मानहानि मुद्दामा दोषी ठहर्याइएको छ । उनी अहिले पनि जेलमै छन् । समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार अदालतको यस फैसलापछि नाभाल्नीको जेल सजाय १३ वर्ष थप हुन सक्छ ।

मुद्दाको सुनुवाईको क्रममा उपस्थित एएफपी संवाददाताकाे रिपोर्टअनुसार न्यायाधीश मार्गारिटा कोटोभाले एलेक्सी नाभाल्नी घोटालाको मुद्दामा दोषी ठहर भएपछि न्यायाधीशको अपमान गरेर अदालतको मानहानि गरेको बताएकी छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एलेक्सी नाभाल्नीले मस्कोको एक जेलमा दुई वर्ष ६ महिनाभन्दा बढी समय बिताइसकेका छन् । उनलाई प्यारोलको नियम उल्लंघन गरेको आरोप लागेको थियो ।

एलेक्सी नाभल्नीविरुद्ध लगाइएको पछिल्लो आपराधिक मुद्दाले उनको सजाय थप १३ वर्ष बढाउन सक्छ । नाभाल्नीले यसलाई राजनीतिबाट प्रेरित पनि भनेका छन् । सरकारी वकिलले उनलाई उच्च सुरक्षा कारागारमा राख्न माग गरेका छन् ।

न्यायाधीश मार्गारिटा कोटोभाले एलेक्सी नाभल्नीले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेको बताइन् । सन् २०२० मा सर्बियामा विष सेवन खुवाइएपछि जर्मनीमा उपचार गराएर गत वर्ष नाभल्नी रूस फर्किएपछि उनलाई जेल पठाइएको थियो ।

उनीमाथि भएकाे विष आक्रमणकाे दाेषी पुटिनलाई मानिएकाे छ । तर, रुसले यी आरोपको खण्डन गरेको छ । क्रेमलिनले नाभाल्नीलाई विष दिइएको र त्यसमा रुसको कुनै भूमिका नभएको प्रमाण नरहेको बताएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष