NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रुसले प्रतिबन्धित बम प्रहार गरेकाे युक्रेनको आरोप

काठमाडौं । रुसले युक्रेनको पूर्वी सहर क्रमातोस्कमा प्रतिबन्धित फस्फोरस बम विस्फोट गराएको आरोप युक्रेनले लगाएको छ ।

प्रहरी प्रमुख ओलेक्सी बिलोचित्स्कीले सोमबार फेसबुकमार्फत पोस्ट गर्दै ‘फस्फोरसजस्तै तिमीहरु पनि जल्ने छौं’ भनेर चेतावनी दिएका थिए ।

युक्रेनी अधिकारीले पटक पटक मस्कोले फस्फोरस बम प्रयोग गरेको भन्दै आरोप लगाउँदै आइरहेका छन् ।

फस्फोरसका कारण धेरै क्षेत्रमा आगलागी भएको युक्रेनी प्रहरीले जनाएका छन् । सन् १९७७ मा जेनेभा महासन्धीले सेतो फस्फोरस बम युद्धमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

युक्रेनको आपतकालीन सेवा विभागले युद्धका कारण फेबु्रअरी २४ देखि अहिलेसम्म ६५१ आवासीय भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएको छ । यही अवधिमा ३ हजार ७ सय ८० घर भत्किएको युक्रेनको टेलिभिजन नेक्स्टले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष