टिआइएको राडारमा खराबी, उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको कम्युनिकेसन प्रणाली तथा राडारमा बिहीबार बिहान केहीबेर खराबी उत्पन्न भएको छ । खराबीपछि आजका सबैजसो उडान तालिका प्रभावित भएका छन् ।
बिहीबार बिहान ६ बजेदेखि सञ्चार प्रणाली तथा राडारमा खराबी आएको र केहीबेरपछि समाधान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
समस्या समाधान भए पनि उडान तालिका भने प्रभावित भएका छन् । प्रणालीमा आएको खराबीले सबै विमान कम्पनीका उडान प्रभावित भएका हुन् ।
यती एयरलाइन्सले सञ्चार प्रणाली तथा राडारमा आएको खराबीले आजका आफ्ना निर्धारित उडान सम्पूर्ण उडान ढिला भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया