बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र दिने

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेनलाई करिब ६ हजार अतिरिक्त क्षेप्यास्त्र सहयोग उपलब्ध गराउने बताएका छन् ।
नेटो र जि–७ नेताहरुको ब्रसेल्समा हुने बैठकमा जोनसनले क्षेप्यास्त्रबाहेक २५ मिलियन पाउन्ड वित्तिय सहायता पनि घोषणा गर्नेछन् । उक्त रकम युक्रेनी सैनिक र पाइलटलाई प्रदान गरिनेछ ।
बेलायत सरकारले युक्रेनी एवं रुसी भाषीलाई सहयोग गर्न बिबिसी वल्र्ड सर्भिसलाई ४ दशमलव १ मिलियन पाउन्ड पनि सहयोग गर्ने भएको छ । बेलायतले युक्रेनमा प्रतिरक्षालाई मजबुत बनाउन काम गर्ने जोनसनले बताए ।
‘यो आक्रमणको एक महिना भइसकेको छ, अन्तर्राष्ट्रिय समुदायको अगाडि युक्रेनमा स्वतन्त्रता जिवित राख्ने एकमात्र विकल्प रहेको छ,’ जोनसनले भने ।
ताजा अपडेट
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
-
क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै अटोचालक
-
कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
प्रतिक्रिया