बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र दिने
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेनलाई करिब ६ हजार अतिरिक्त क्षेप्यास्त्र सहयोग उपलब्ध गराउने बताएका छन् ।
नेटो र जि–७ नेताहरुको ब्रसेल्समा हुने बैठकमा जोनसनले क्षेप्यास्त्रबाहेक २५ मिलियन पाउन्ड वित्तिय सहायता पनि घोषणा गर्नेछन् । उक्त रकम युक्रेनी सैनिक र पाइलटलाई प्रदान गरिनेछ ।
बेलायत सरकारले युक्रेनी एवं रुसी भाषीलाई सहयोग गर्न बिबिसी वल्र्ड सर्भिसलाई ४ दशमलव १ मिलियन पाउन्ड पनि सहयोग गर्ने भएको छ । बेलायतले युक्रेनमा प्रतिरक्षालाई मजबुत बनाउन काम गर्ने जोनसनले बताए ।
‘यो आक्रमणको एक महिना भइसकेको छ, अन्तर्राष्ट्रिय समुदायको अगाडि युक्रेनमा स्वतन्त्रता जिवित राख्ने एकमात्र विकल्प रहेको छ,’ जोनसनले भने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया