आधाभन्दा बढी युक्रेनी बालबालिका विस्थापितः युनिसेफ

किएभ । संयक्त राष्ट्र संघको बालबालिका सम्बन्धी निकाय युनिसेफले रुसको आक्रमणपछि युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएको बताएको छ ।
‘युद्धबाट ४३ लाख बालबालिका विस्थापित भएका छन्, युक्रेनमा झन्डै ७५ लाख बालबालिका रहेका छन्’ युनिसेफले विज्ञप्तिमार्फत् भनेको छ ।
‘शरणार्थीको रूपमा छिमेकी देशहरूमा प्रवेश गरेका १८ लाखभन्दा बढी बालबालिका र अहिले युक्रेनभित्र आन्तरिक रूपमा विस्थापित भएका २५ लाख बालबालिका समावेश छन्, विज्ञप्तिमा भनिएको छ ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकालाई ठूलो मात्रामा युक्रेन युद्धले विस्थापन गरेको बताइन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया