जी-७ मुलुकले रुसमाथि थप प्रतिबन्ध लगाए
काठमाडौं । रूस-युक्रेन युद्ध दोस्रो महिनामा प्रवेश गर्दा पश्चिमी शक्तिहरूले रुसको प्रतिबन्धबाट प्रभावित अर्थतन्त्रलाई अस्थिर बनाउने उद्देश्यले नयाँ कदम चालेका छन् ।
बिहीबार अमेरिका र यसका सहयोगीहरूले रूसको रक्षा क्षेत्रलाई लक्षित गर्दै थप प्रतिबन्धहरू घोषणा गरे । उनीहरुले रुसी केन्द्रीय बैंकको सुनसम्बन्धी वित्तिय लेनदेनहरू रोक्का गरेका छन् ।
रुसको सुन प्रयोग गर्ने क्षमतालाई सीमित गर्न यो प्रतिबन्ध डिजाइन गरिएको हो । राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले सुन रिजर्भ गर्न वर्षौं खर्च गरेका छन् र रुससँग हाल विश्वमा सुनको पाँचौं ठूलो भण्डार छ ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टका अनुसार अमेरिकी व्यक्तिहरूलाई रुसको सुनसँग सम्बन्धित कुनै पनि लेनदेनमा संलग्न हुन निषेध गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया