युक्रेनका ७२ वटा स्वास्थ्य संस्थामा आक्रमण भएको दाबी
न्युयोर्क । रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।
राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो ।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि निरन्तर शसस्त्र आक्रमण गर्दै आएको छ । स्वास्थ्य संस्थाहरू माथि आक्रमण गर्नु आधारभूत मानवअधिकार विरुद्धको अपराध र अन्तर्राष्ट्रिय युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन् ।
रुसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु पनि भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
डब्लुएचओको प्रतिवदेन पढेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘मानिसको स्वास्थ्यको अधिकारको रक्षा हुनुपर्छ, स्वास्थ्य संस्थामाथि जस्तो सुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइदैन ।’
रुसले युक्रेनमाथि आक्रमण गरेको प्रति पश्चिमा देशहरुसहित विश्वभरका अधिकांश देशले रुसको आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी संगठनहरुले पनि तत्काल आक्रमण रोकेर वार्तामार्फत् शान्ति कायम गर्न रुसलाई आग्रह गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया