जापानी कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह
टोकियो । जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् ।
अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू ‘रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ ।
यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ’ उनले भने । जारी रुस युक्रेन द्वन्द्वले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेकाले जापानी सरकारले सो आग्रह गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया