NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

युक्रेनको प्रशासनिक भवनमा रुसले गरेकाे आक्रमणमा परी १२ को मृत्यु

किएभ । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् । युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मंगलबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ८.४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन् ।