अभिनेता पल शाहको निवेदन पेशीमा चढ्यो, अब के हुन्छ ?

काठमाडौं । नाबागिलविरुद्ध बलात्कार अभियोगमा तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका अभिनेता पल शाहको निवेदनपछि उच्च अदालत पोखरामा पेशीमा चढेको छ ।
बुधबार शाहको निवेदनमाथि न्यायाधीश रमेशप्रसाद भण्डारीको इजलासमा पेशी तोकिएको हो । भण्डारीलाई तोकिएको चार पेशीमध्ये शाहको पेशी पहिलो नम्बरमा छ ।
१० चैतमा शाहलाई धरौटीमा रिहा नगरी बलात्कार मुद्दामा तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा नै पठाउने आदेश दिएको थियो । तर आदेशविरुद्ध शाह मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालत पुगेका हुन् ।
शाहमाथि १५ वर्ष ९ महिना ११ दिनकी नाबालिग एक गायिकलाई माया प्रेमको बहाना गरेर जबर्जस्ती करणीको आरोप लागेको हो । उनले पटकपटक ती गायिकालाई बलात्कार गरेको आरोपमा जाहेरीपछि अदालतमा मुद्दा अघि बढेको हो ।
जिल्ला अदालतका आदेशविरुद्ध पुगेका शाहलाई उच्च अदालतले कैफियत प्रतिवेदन मगाएर तनहुँ जिल्ला अदालतको आदेशलाई सदर गर्ने वा तारिकमा छोड्नेमध्ये एक आदेश गर्नेछ ।
प्रतिक्रिया