युरोपेली मुलुकले गरे ३८ रुसी कूटनीतिज्ञलाई निष्काशन

द हेग । मंगलबार युरोपका विभिन्न मुलुकले थप ३८ कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएका छन् । यसमा नेदरल्यान्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ । साथै बेल्जियमले पनि २१ कूटनीतिज्ञलाई र चेक रिपब्लिकले १ जनालाई ७२ घण्टाभित्रै देश छोडेर जान भनेको छ ।
त्यस्तै, आयरल्यान्डले चार वरिष्ठ रुसी अधिकारीहरूलाई कूटनीतिक व्यवहारको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गतिविधि नगरेका कारण देश छोड्न भनिएको बताएको छ । पोल्याण्डले पनि गत साता जासुसी गरेको भन्दै ४६ जना रुसीहरूलाई निष्कासन गरेको थियो ।
कूटनीतिक मर्यादा र जिम्मेवारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता हुन निर्देशन दिइएको हो । यी देशका विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएका छन् ।
युक्रेनमा रुसले आक्रमण गर्न सुरु गरेदेखि धेरै देशहरुले रुसी कूटनितिज्ञलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ ।
ताजा अपडेट
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका तीन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिक्रिया