NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सिद्धार्थ नगरपालिकाका जनप्रतिनिधिले मोजमस्तीमा १७ करोड उडाए : शाही

बुटवल (नरसिंह बडाल) । नागरिक अभियन्ताको भूमिकाबाट बदलिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बनेका ज्ञानेन्द्रबहादुर शाहीले चरम अनियमितता र भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

भैरहवामा आयोजित राप्रपाको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले ४ वर्षको कार्यकालमा सिद्धार्थ नगरपालिकामा एक अर्ब आठ करोड बजेट आएकोमा १७ करोड जनप्रतिनिधिहरूले मोजमस्तीमा खर्च गरेको दाबी गरे । उनले यो अवधिको बेरुजु ५० करोड आठ लाख रूपैयाँ रहेको हिसाब पनि उक्त अवसरमा प्रस्तुत गरे ।

‘बुद्धभूमि नगरपालिकामा भ्रष्टाचार, अनियमितता र वेथिति बढ्दै गएको छ,’ शाहीको दाबी छ, ‘जनप्रतिनिधिको पछिल्लो कार्यकालमा नगरपालिकामा एक अर्ब आठ करोड बजेट आएकोमा ५० करोड आठ लाख बेरुजु भएको छ । १७ करोडचाहिँ यहाँका जनप्रतिनिधिहरूले मोजमस्तीमा खर्च गरेका छन् ।’

अब यसको हिसाबकिताब जनताले लिनुपर्ने उनले बताए ।