रुस–युक्रेन युद्धमा १८ पत्रकार मारिए

किएभ । युक्रेनको सूचना तथा संस्कृति मन्त्रालयका अनुसार फेबु्रअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म १८ पत्रकार मारिएका छन् ।
टेलिग्राममार्फत् सार्वजनिक गरिएको विज्ञप्तिमा मन्त्रालयले मारिनेमध्ये १५ पुरुष र ३ महिला पत्रकार रहेको बताएको छ ।
युद्धकै कारण १३ पत्रकार घाइते भएका छन्, ८ जनालाई बन्दी बनाइएको छ र तीन जना अझै बेपत्ता छन् ।
यसबाहेक युद्धका क्रममा रुसले किएभ क्षेत्रमा मात्रै गरेका अपराधसम्बन्धी ७ हजार मुद्दाहरु दर्ता भएका छन् ।
ताजा अपडेट
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
प्रतिक्रिया