प्रहरी हिरासतमा युवकद्वारा रेटिएर ‘आत्महत्या प्रयास’

बुटवल (नरसिंह बडाल) । रूपन्देहीमा प्रहरी हिरासतमा रहेका एक युवकले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको दाबी प्रहरीले छ ।
इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा राखिएका बुटवल–११ का इन्द्रबहादुर नेपाली गत आइतबार घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।
घाइते नेपालीलाई आइतबार नै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको र त्यहाँ भेन्टिलेटरमा राखेर उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
घाइते नेपाली लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइको काम गर्ने मजदुर भएको खुलेको छ । उनी तामाको तार चोरीको अभियोगमा पक्राउ परेका थिए ।
प्रहरीले पक्राउपछि विक्षिप्त बनेर उनले आत्महत्याको प्रयास गरेको दाबी गरेको छ ।
ताजा अपडेट
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
प्रतिक्रिया