हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारले विविध विषय उठाएका छन् ।
कान्तिपुर दैनिकले देशको अर्थतन्त्र जोखिममा परेपछि बिदा थपदेखि सवारीमा जोरबिजोरसम्मको प्रस्ताव गरिएको लेखेको छ । कान्तिपुर लेख्छ–सवारी आवतजावत घटाउन आइतबार पनि बिदा थपेर अन्य दिन बिहान ९ बजे नै सार्वजनिक कार्यालय खोल्ने प्रस्ताव गरिएको छ ।
निजी सवारी सधान, प्लास्टिक, सबै प्रकारका माछा, सुपारी, केराउ र छोकडालगायत वस्तु्को आयात रोक्न पनि सिफारिस गरिएको छ ।
उम्मेदवारीमाथि राजीनामा प्रावधानले अन्योल परेको, बाजुराको खापर गाउँपालिकाको सडक सपना ३६ वर्षपछि पूरा भएकोलगायत खबर आजको कान्तिपुरमा पढ्न सकिन्छ ।
नयाँ पत्रिका दैनिकले मानव अधिकार आयोगका ९६ प्रतिशत निर्देशन कार्यान्वयन नभएको हिसाब सार्वजनिक गरिएको छ । पछिल्ला २० वर्षमा आयोगले कारबाहीका लागि निर्देशन दिएका १ हजार १ सय ८४ घटनामध्ये सरकारले ५१ वटा मात्रै कार्यान्वयन गरेको छ । पीडितहरूले २६ करोड एक लाख दुई हजार रूपैयाँ क्षतिपूर्ति पाएका छैनन् ।
त्यसैगरी, ट्युसन पढ्न विद्यालय हिँडेकी बालिकाको हत्या भएको, संस्थागत स्वमूल्यांकनमा एक सय ८७ स्थानीय तहको अंक ५० सम्म मात्रै आएकोलगायत खबरलाई नयाँ पत्रिकाले पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।
राजधानीले अब समुद्री बन्दरगाहबाट काठमाडौंमा सिधैं ढुवानी हुने लेखेको छ भने अन्नपूर्णले निर्वाचनमा हुने मतबदरबारे सोधीखोजी गरेको छ ।
सरकारी मुखपत्र गोरखापत्रले चाहिँ चोभार सु्ख्खा बन्दरगाह सञ्चालनमा आएको, राजनीतिक दललाई निर्वाचन आयोगले ६० बुँदे निर्देशन दिएकोलगायत समाचार छापेको छ ।
प्रतिक्रिया