NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

यी हुन् विश्वकै १० धनी, विनोद चौधरी कति औं नम्बरमा ?

काठमाडौं । एलन मस्क यसपटक पनि विश्वकै धनी व्यक्तिको सूचीमा पर्न सफल भएका छन् । नेपालका सफलतम उद्योगी विनोद चौधरीको सम्पत्ति पनि बढेको छ ।

हरेक वर्ष विश्वका धनी मानिसहरूको सूची सार्वजनिक गर्ने गरेको फोर्ब्सका अनुसार प्रविधि व्यवसायी मस्कको सम्पत्ति २९०.३ बिलियन अमेरिकी डलर छ ।

विश्वका अर्बपतिको दोस्रो सूचीमा जेफ बेसोज परेका छन् । उनको सम्पत्ति १८९.८ बिलियन छ । तेस्रोमा बर्नाड र चौथोमा बिल गेट्स परेका छन् ।

गेट्सको सम्पत्ति १३८ बिलियन रहेको फोर्ब्सले जनाएको छ । वारेन बफेट पाँचौं, ल्यारी पेज छैटौं, ल्यारी इलिसन सातौं, सेर्जी ब्रिन आठौं, गौतम अदानी नवौं र भारतका मुकेश अम्बानी दशौं नम्बरमा समेटिएका छन् ।

फेसबुकका संस्थापन मार्क जुकरवर्ग भने १३ औं नम्बरमा छन् । उनको सम्पत्ति ८२.७ बिलियन छन् ।

नेपालका व्यवसायी विनोद चौधरी १९२९ नम्बरमा छन् । रियल टाइममा चाहिँ उनको स्थान २००० औं मा छ । फोर्ब्सले गएराति मात्रै सार्वजनिक गरेको तथ्यांकअनुसार उनको सम्पत्ति १.५ विलियन अमेरिकी डलर छ । चौधरीको सम्पत्ति कोभिड–१९ महामारीलगायत प्रतिकूलताको बावजुद पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार गत वर्ष उनको सम्पत्ति १.४ बिलियन रहेकोमा अहिले बढेर १.५ बिलियन पुगेको छ । चौधरीको सम्पत्ति सन् २०१३ यताकै सबैभन्दा धेरै सन् २०१९ मा १.७ विलियन थियो । सन् २०२० मा भने घटेर १.४ विलियन अमेरिकी डलरमा झरेको थियो । त्यसयता भने उनको अवस्था निरन्तर सुधार हुँदै गएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष