NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

यी हुन् महन्थकाे स्वास्थ्यमा अचानक देखिएका ३ समस्या

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई आज भैरहवाबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पार्टीको कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुर अचानक अस्वस्थ भएकाले उनलाई तत्कालै हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार गराइराखिएको छ ।

पार्टीका नेता डा. सुरेन्द्रकुमार झाका अनुसार अध्यक्ष ठाकुरलाई ३ वटा समस्या देखिएका छन् ।

उनलाई समान्य ज्वरो आएको, पखाला लागेका तथा डिहाइड्रेसनसमेत भएको नेता झाले जानकारी दिएका छन् ।

अध्यक्ष ठाकुरको अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा भइरहेको छ ।

उपचारत चिकित्सकहरूको ब्रिफिङअनुसार प्राराम्भिक जाँचमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर समस्या केही नदेखिएको नेता झाले बताए ।

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि उपचार गर्न काठमाडौं ल्याइयो

 

ताजा अपडेट

नेपालवाच विशेष