युएनएचसिआरबाट रुस निलम्बित, नेपाल अनुपस्थित
काठमाडौं । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद् (युएनएचसिआर) बाट रुस निलम्बित भएको छ । युक्रेन युद्धमा गरेको रवैयाको सजायस्वरूप राष्ट्र संघले यस्तो कदम उठाएको हो ।
बिहीबार संयुक्त राष्ट्रसंघमा रुसबारे निर्णय लिन मतदान भएको थियो । जसमा ९३ देशले रुसलाई निलम्बित गर्नुपर्ने पक्षमा मत जायर गरेका थिए भने २४ देश विपक्षमा खडा भए । बिबिसीका अनुसार, ५८ देश भने मतदानका क्रममा अनुपस्थित रहेका थिए ।
यसअघि स मामलामा भएको मतदानमा सहभागी भएर युक्रेनको पक्षमा खडा भएको नेपाल भने यसपटक अनुपस्थित रह्यो । नेपालका अतिरिक्त दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स पनि उपस्थित भएनन् । रुस मामलामा भारत अनुपस्थित रहेको यो तेस्रो घटना हो ।
यसप्रति अमेरिकाले प्रसन्नता व्यक्त गरेको छ । त्यहाँका राष्ट्रपति जो बाइडनले रुसलाई युएनएचसिआरबाट निलम्बन गर्नु स्वागतयोग्य कदम भएको टिप्पणी गरे ।
राष्ट्रसंघले रुसले युक्रेनमा मानव अधिकारविपरीतका कार्य हुनसक्ने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया