युएनएचसिआरबाट निलम्बित भएपछि रुसले के भन्यो ?

मस्को । संयुक्त राष्ट्र संघको महासभाले बिहीबार रुसलाई राष्ट्र संघ मानवअधिकार परिषद्बाट निलम्बन गर्यो । यसको प्रतिक्रियामा रुसले यो निर्णय मानवअधिकारको अवस्थाका आधारमा नभई पश्चिमी देशको प्राथमिकतालाई ध्यानमा राखेर गरिएको जनाएको छ ।
संयुक्त राष्ट्र संघका लागि रुसी मिसनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘यो अमेरिकी प्रस्ताव गैरकानुनी र राजनीतिक रूपमा प्रेरित छ । यसको उद्देश्य स्वतन्त्र विदेश र घरेलु नीति भएको सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि दबाब दिनु हो ।’
Ambassador @GGatilov on Russia’s withdrawal from the #UNHCR:
💬 It is regretful to state that a single group of countries, which does not mind using it for its opportunistic purposes, has monopolized the current @UN_HRC
📄 full statement (🇷🇺/🇬🇧): https://t.co/2VPK2nL1Kp pic.twitter.com/gD8gCpBI59
— Russian Mission in Geneva (@mission_russian) April 7, 2022
रुसले यो प्रस्ताव विश्वव्यापी सम्बन्धका लागि खतरनाक भएको भन्दै निलम्बन हुनुअघि नै बिहीबार मानवअधिकार परिषद्बाट बाहिरिने निर्णय गरेको थियो । केही देशको समूहले मानवअधिकार परिषद्लाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको पनि रुसले बताएको छ ।
युक्रेनी सहर बुचामा मानवअधिकार उल्लंघन गरेको आरोप लागेपछि बिहीबार संयुक्त राष्ट्र संघले रुसलाई मानवअधिकार परिषदबाट बहिष्कार गर्ने निर्णय गरेको थियो । राष्ट्र संघमा रुसलाई युएनएचसीआरबाट निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थनमा र २४ वटा विपक्षमा मतदान गरेका थिए । ५८ देश अनुपस्थित रहे ।
प्रतिक्रिया