युट्युबले ब्लक गर्यो रुसी संसद्काे च्यानल ड्युमा

काठमाडौं । युट्युबले रुसको तल्लो सदनबाट प्रसारण हुने डुमा टिभीलाई रोक लगाएको छ । रुसी अधिकारीहरुले पनि रुसको तर्फबाट युट्युबमा प्रतिबन्ध हुन सक्ने चेतावनी दिएको छ । शनिबार युट्युबले ड्यूमा च्यानलले सेवाका सर्तहरू उल्लंघन गरेका कारण यसमा रोक लगाउनु परेको बताएको थियो ।
रुसको सञ्चार नियामकले अमेरिकी आईटी कम्पनी (युट्युब) रुसविरुद्ध पश्चिमी देशहरूले सुरु गरेको सूचना युद्धको बाटोमा रहेको बताएको छ।
यस विषयमा गुगलले इमेलमार्फत रोयटर्सलाई पठाएको विज्ञप्तिमा भनेको छ, ‘गुगलले कम्पनीले आफ्ना सर्तहरू उल्लंघन गरेमा कारबाही गर्नेछ । यदि कुनै पनि च्यानलले हाम्रा सेवा सर्तहरू उल्लंघन गरेको भेटेमा उपयुक्त कारबाही गर्छौं । यसबारे निगरानी भइरहेको छ ।’
ताजा अपडेट
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
प्रतिक्रिया