युट्युबले ब्लक गर्यो रुसी संसद्काे च्यानल ड्युमा
काठमाडौं । युट्युबले रुसको तल्लो सदनबाट प्रसारण हुने डुमा टिभीलाई रोक लगाएको छ । रुसी अधिकारीहरुले पनि रुसको तर्फबाट युट्युबमा प्रतिबन्ध हुन सक्ने चेतावनी दिएको छ । शनिबार युट्युबले ड्यूमा च्यानलले सेवाका सर्तहरू उल्लंघन गरेका कारण यसमा रोक लगाउनु परेको बताएको थियो ।
रुसको सञ्चार नियामकले अमेरिकी आईटी कम्पनी (युट्युब) रुसविरुद्ध पश्चिमी देशहरूले सुरु गरेको सूचना युद्धको बाटोमा रहेको बताएको छ।
यस विषयमा गुगलले इमेलमार्फत रोयटर्सलाई पठाएको विज्ञप्तिमा भनेको छ, ‘गुगलले कम्पनीले आफ्ना सर्तहरू उल्लंघन गरेमा कारबाही गर्नेछ । यदि कुनै पनि च्यानलले हाम्रा सेवा सर्तहरू उल्लंघन गरेको भेटेमा उपयुक्त कारबाही गर्छौं । यसबारे निगरानी भइरहेको छ ।’
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया