यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं (एजेन्सी) । संयुक्त राष्ट्रसंघले यमनमा युद्धविरामका लागि आग्रह गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गरेका हुन् । यसअघि पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका थिए ।
यमनमा मारिबमा पछिल्लो समयमा हिंसा सुरु भएको छ । त्यसैले उक्त क्षेत्रमा हिंसा मच्चाइरहेका समूहहरुलाई द्वन्द्व त्यागेर शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न विशेष दूत ह्यान्सले अपिल गरेका थिए । यमनमा दक्षिण मारिब प्रान्तको एक जिल्लामा बिहीबार र शुक्रबार भीषण द्वन्द्व भएको थियो । त्यसमा परेर कैयौँ मानिसको ज्यान गएको थियो ।
सो हिंसालाई त्याग्न र युद्धविराम गरेर शान्तिपूर्ण माध्यमबाट हरेक समस्याको समाधान खोज्न पनि यस अवसरमा आग्रह गरिएको थियो ।यसअघि पनि महासचिव गुटर्रेसले केही महिना अघि मात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका थिए ।
संयुक्त राष्ट्रसंघले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा काम गर्नुपर्ने बताएको थियो ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया