युक्रेनमा फेरि अर्को सामूहिक चिहान फेला

काठमाडौं । युक्रेनमा फेरि अर्को सामूहिक चिहान फेला परेको छ । युक्रेनको राजधानी किएभनजिकै नयाँ सामूहिक चिहान फेला परेको हो ।
बुजोभा गाउँनजिकै फेला परेको चिहानमा दर्जनौं गैरसैनिकका शव फेला परेको जनाइएको छ । बिबिसीका अनुसार, एउटा पेट्रोल पम्प नजिकै खाल्डोमा पुरिएको अवस्थामा शवहरू भेटिएका छन् । यसबाहेक किएभनजिकका अन्य स्थानमा पनि सामूहिक चिहान भेटिएको युक्रेनले दाबी गरेको छ । यी क्षेत्रमा केहीअघिसम्म रुसी फौजले कब्जा जमाएको थियो ।
तथापि, अहिलेसम्म यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । विश्व समुदायले भने युद्ध अपराधको आरोप लगाउँदै रुसको निन्दा गरेका छन् । तर रुसले यसको खण्डन गरेको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया