NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

ललितपुर महानगर : मेयरको उम्मेदवारमा एमालेबाट व्यञ्जनकार नै दोहोरिने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ललितपुर महानगरपालिकाको मेयर (प्रमुख)मा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

एमाले महानगर कमिटीको शनिबार बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीमा निर्वाह गरेको भूमिकाको आधारमा उनलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमालेले जनाएको छ ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचन व्यञ्जनकार नेपाली कांग्रेसका चिरिबावु महर्जनसँग ३३६ मतले उनी पराजित भएका थिए ।

व्यञ्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य र ललितपुर जिल्ला सहइन्चार्जसमेत हुन् ।