NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

देश श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन, सुधार हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देश श्रीलंका हुन्छ भनेर आत्तिनु नपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित महासंघको ५६ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा उनले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘ देश श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन । सुधार हुुन्छ, हामी सबैं मिलेर सुधार गर्ने हो । एक अर्कालाई गालि नगरौ ।’ उनले महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्यलगायत सम्पूर्ण सदस्य जिम्मेवार नागरिक भएकाले भनाईको अर्थ रहने उल्लेख गर्दै सबै मिलेर संकट समाधानका लागि पहल गर्नपर्ने बताए ।

चालु आर्थिक वर्षको सुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको तर अत्यधिक मागलाई नेपालको वित्तिय क्षेत्रले धेरै समय थेग्न नसकेको उल्लेख गरे । जसको कारण स्वभाविक रुपमा कर्जा प्रवाह बढ्न गएको र माग बढ्दा आयात बढनु पनि स्वभाविक भएको उनले जानकारी दिए । चालु आवमा रेमिट्यान्स आप्रवाहमा केही कमी आएको र यसले भुक्तानी सन्तुलनमा चाप परेको उनको भनाइ छ ।

उनका भनाइअनुसार विदेशी मुद्राको संचिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन् रकम आप्रवाह पनि हुने उपाध्यक्ष ढकालले बताए ।

हरेक संकटको क्षणमा एफएनसीसीइआईले सरकारको साथमा रहेर जनताको साथमा रहेको उनले उल्लेख गरे । ‘हाम्रै जीवनकालमा हामी निकै ठूला ठूला घटनाका प्रत्यक्ष साक्षी भयौं । ठूलठूला राजनीतिक परिवर्तन देखि भुकम्प तथा कोरोना महामारिको सामना ग¥यौँ । कोभिडको कहाली लाग्दो परिस्थितिको सामना ग-यौँ । जनतालाई साथ दिने कुरामा एफएनसीसीइआईले सरकारसंग साथै रहेर सहयोग गरयो । हामीले आम सर्वसाधारण जनताको साथ छोडेनौ, सकेको सहयोग ग-यौँं ।’ उनले भने ।

मन्तव्यका क्रममा उनले भने, ‘ मेरै नेतृत्वमा महासंघमा स्थापना भएको कोभिड रिलिफ कार्यक्रमबाट हामीले दोस्रो लहरका समयमा हामीले सकेको सहयोग गर्न सक्यौ । हामीले आइसोलेसन केन्द्र देखि औषधिमूलो, स्वास्थ्य परामर्शको व्यवस्थापनमा सहयोग ग-यौँं ।’

उपाध्यक्ष ढकालले अवसरलाई सदुुपयोग गर्ने वातावरण बनाई दिन आग्रह गर्दछौं । उनले भने ‘लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसांखिक लाभको अधिक सुविधा छ । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन । तर अव हामीले अवका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझ बढी कठिनाईका दिन आउने छन् ।’

उनले अहिलेको यूवा जनशक्ति सूचना प्रविधिसंग अभ्यस्त भएकोपछिल्लो आकंडाले पनि त्यसलाई पुष्टि गरेको प्रष्ट्याए । सरकारको गत सालको आर्थिक सर्भेक्षण अनुसार आर्थिक वर्ष २०७७÷७८ सम्म ८२.८ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुुगेको छ । लगभग ४ करोड मोवाइल फोन प्रयोगमा छन् ।