मध्यरातमा सारिए कैदी

काठमाडौं । स्थानीय निर्वाचनको मुखमा आर्थिक चलखेल गर्दै झुम्का कारागारका कैदीबन्दी मध्यरातमा सारिएका छन् ।
सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागारका कैदी कारागार प्रशासनलाई समेत जानकारी नदिई अन्यत्र सारिएपछि कैदीबन्दीहरूले चर्को विरोध जनाएका छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले बिचौलियासँग मिलेर कैदीबन्दीहरूको अन्यत्र सरुवा गरिएको बुझिएको छ । झुम्का कारागारको बी ब्लकका चौकीदारसमेत रहेका कैदी खड्गबहादुर राई र जोना नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजारमा निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरी रातारात अन्यत्र सरुवा गरेको छ । राईलाई डिल्लीबजार र लिम्बूलाई भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । अन्नपूर्ण पोस्ट्मा दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया