रुस-युक्रेन युद्धको ५० दिन पुग्दा के भने युक्रेनका राष्ट्रपतिले ?
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएसँगै राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूप्रति सम्मान प्रकट गरेका छन् ।
जेलेन्स्कीले भने, ‘एउटा बहादुर राष्ट्रका अटल जनता । हामी ५० दिनसम्म उभिएका छौं, युद्ध सुरु गर्नेले हामीलाई ५ दिनमात्रै समय दिएका थिए ।’ धेरै पश्चिमा नेताहरुसँगको वार्ता र भेटघाटलाई स्मरण गर्दै उनले भने, ‘यी ५० दिनमा मैले विश्वका धेरै नेताहरुलाई विभिन्न दृष्टिकोणबाट हेरेको छु ।’
उनले भने, ‘मैले धेरै राजनीतिज्ञहरुले आफूसँग शक्ति नभएको जेलेन्स्कीले मोस्क्वा युद्धपोत डुबेको प्रत्यक्ष रूपमा उल्लेख गरेनन्, तर युक्रेनी सेनाको प्रशंसा गर्दै उनले रूसी जहाजहरू तल जान सकने देखाएको बताए । उनले भने, ‘५० दिनको रक्षा हाम्रो लागि उपलब्धि हो, यो युक्रेनका करोडौं जनताको उपलब्धि हो ।’
यस्तै, युक्रेनको पूर्वी खार्किभ क्षेत्रका प्रमुखले रुसी आक्रमणका कारण कम्तिमा ५ सय ३ नागरिक मारिएको बताएका छन् । उनले टेलिग्राममा पोस्ट गर्दै मारिएकामध्ये २४ जना बालबालिका रहेका छन् । उनले लेखेका छन्, ‘उनीहरु निर्दोष नागरिक हुन्, हामी रुसलाई यही कारण माफी दिन सक्दैनौं ।’
खार्किभ रुसको सीमाबाट ४० किलोमिटर टाढा रहेको छ । त्यहाँ युद्ध हुनु अघिसम्म १५ लाख जनसंख्या थियो ।
युद्ध सुरु भएको झन्डै २ महिना पुग्न लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा निरन्तर नरसंहार गरिरहेको आरोप लगाएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया