अमेरिका र नेटोले अप्रत्याशित नतिजा भोग्नुपर्ने रुसको चेतावनी

मस्को । जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा अमेरिकाले ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ ।
वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ । युक्रेनमा हतियार प्रणालीले ‘अप्रत्याशित परिणामहरू ल्याउन सक्छ’, अलजजिराले रिपोर्ट गरेको छ ।
‘हामी अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौं, जसले क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ’ नोटमा भनिएको छ ।
उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश छन् ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया