अमेरिका र नेटोले अप्रत्याशित नतिजा भोग्नुपर्ने रुसको चेतावनी
मस्को । जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा अमेरिकाले ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ ।
वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ । युक्रेनमा हतियार प्रणालीले ‘अप्रत्याशित परिणामहरू ल्याउन सक्छ’, अलजजिराले रिपोर्ट गरेको छ ।
‘हामी अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौं, जसले क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ’ नोटमा भनिएको छ ।
उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया