बेलायती प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध
काठमाडौं (एजेन्सी) । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
बेलायती अधिकारीहरूले रुसविरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रुस विरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।
युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् ।
धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया