कुकुरहरूले आत्महत्या गर्ने रहस्यमयी पुल

काठमाडाैं । स्कटल्यान्डको डम्बर्टनमा रहेको ओभरटन ब्रिजबाट अहिलेसम्म कम्तिमा ३०० कुकुरले हाम फालेका छन् । स्थानीयहरुले यसलाई असमान्य मान्छन् । द न्युयोर्क टाइम्सका अनुसार स्थानीय अनुसन्धानकर्ताहरुले ३०० कुकुरले पुलबाट हाम फालेको अनुमान गरेका छन् ।
अर्कोतर्फ स्थानीय ट्याब्लोइडहरुले यो संख्या ६०० भन्दानजिक रहेको रिपोर्ट गरेका छन् । अहिलेसम्म पुलबाट हामफालेका मध्ये ५० कुकुरको मृत्यु भएको छ ।
यो भयानक दुखद घटनाले त्यसलाई ‘कुकुर आत्महत्या पुल’को उपनाम दिइएको छ ।
सुरुमा ओभरटाउनको जग्गा र सम्पत्ति ओभरटन फार्म भनेर चिनिन्थ्यो । सन् १८५९ मा जेम्स ह्वाइटले त्यहाँकाे जग्गा लिएका थिए । उनी कानुनी सेवाबाट निवृत्त थिए र आफ्ना काका र बाबुसँग मिलेर रासायनिक उत्पादनको व्यवसाय गर्न चाहन्थे । त्यहाँ पुगेकाे तीन वर्षपछि उनले ओभरटन घर बनाए ।
जेम्स ह्वाइटको मृत्युपछि सन् १८८४ मा उनका छोरा जोन ह्वाइटले डिजाइनर हेनरी मिलनरलाई गार्सेक र ओभरटाउन जोड्ने पुल निर्माण गर्न बोलाए ।
ओभरटन पुल सन् १८९५ मा निर्माण सम्पन्न भएको थियो । पुलको आकर्षक डिजाइन र दुवै छेउमा हरियाली भएका कारण पनि यो लामो समयदेखि कुकुर पाल्ने र पैदलयात्रीहरुका बीच लोकप्रिय स्थान भएको छ । तर त्याे ठाउँ मानिसका लागि रहस्यमयी छ ।
त्यहाँ हिँड्नेहरुले आफ्ना कुकुरहरुले अनौठो व्यवहार गर्ने, सिधै अगाडि जानेर हाम फाल्न खोज्ने बताएका छन् ।
कतिपय प्रत्यक्षदर्शीले कुकुरहरु हाम फाल्नुभन्दा अगाडि पुलमाथि चढ्ने गरेको बताएका छन् । पहिलोपटक हाम फाल्दा बाँचेका कुकुरहरु पुनःदोस्रोपटक पनि हाम फाल्न पुलमा आउने गरेको पनि स्थानीयको दाबी छ ।
धेरै स्थानीयहरू यसको असाधारण शक्ति भएको विश्वास गर्छन् । स्थानीय किंवदन्तीअनुसार पूर्वमालिक जोन ह्वाइटकी श्रीमतीको भूतले गर्दा उक्त घटना हुँदै आएको मानिन्छ । कतिपय स्थानीयहरूले पुल वरपर भूत देखेको बताउँछन् र भूतले नै कुकुरलाई त्यहाँ हाम फाल्न बाध्य पारिरहेको विश्वास गर्छन् ।
ओभरटन ब्रिजमा अनुसन्धान गरेका अन्वेषकहरू र पशु विशेषज्ञहरूले कुकुरहरू पुलमुनि खोँचमा बस्ने स्तनपायीहरुको कडा गन्धबाट आकर्षित भएर हाम फाल्ने बताउँछन् । कुकुरहरूले मानिसको तुलनामा लगभग १ लाख गुणा धेरै गन्ध लिन सक्छ । यसैले त्यहाँ पनि कुकुरले त्यस्तै गन्ध पाउने भएका कारण पनि पुलबाट हाम फालेकाे हुन सक्ने अनुमान छ ।
कारण जे भए पनि ओभरटन पुलबाट कुकुरहरु हाम फाल्ने क्रम जारी नै छ । स्कटल्यान्ड संसदका सांसदले डम्बर्टन काउन्सिललाई यस्तो विचित्र र भयानक प्रवृत्तिलाई रोक्न ओभरटाउन पुलको क्षेत्र वरपर स्पष्ट रूपमा चेतावनी चिन्हहरू राख्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया