NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

७४ वर्षे इतिहासमा कम्युनिस्टहरू कति सफल, कति असफल ?

०१५ को पहिलो संसदीय निर्वाचनदेखि ०७४ सम्म चुनावी परिणाम र अवस्था

काठमाडौं । नेपालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पुरा भएको छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनविरुद्ध विसं २००६ बैशाख १० अर्थात २२ अप्रिल १९४९ मा नेकपा स्थापना भएको थियो ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा नीरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकत्ताको श्यामबजारमा नेकपा स्थापना गरिएको थियो । पुष्पलाल पार्टीका संस्थापक महासचिव बनेका थिए ।

कम्युनिस्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको सुरु भएको थियो । चीनमा माओत्से तुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।

यद्यपि, नेकपा स्थापना दिवसबारे नेपालका कम्युनिस्टहरूबीच विवाद रहेको पाइन्छ । अहिले पनि केहीले १० वैशाखलाई स्थापना दिवस मान्ने गरेका छन् । केहीले पार्टी स्थापनाको सार्वजनिक जानकारी गराइएको र पहिलोपटक नेकपा घोषणापत्र जारी गरिएको ३० भदौलाई स्थापना दिवस मान्ने गरेका छन् ।

नेकपाको प्रथम महाधिवेशन २०१० साल माघ १७–२५ सम्म काठमाडौंमा भयो । महाधिवेशनमा पुष्पलालले संविधानसभाको निर्वाचन, डा. केशरजङ्ग रायमाझीले वैधानिक राजतन्त्रको समर्थन गरी दुई प्रस्ताव पेश भएको थियो । ७८ जना प्रतिनिधि रहेको महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिव निर्वाचित गर्यो । त्यसयता विभिन्न टुटफुट र विभाजनको श्रृंखला भोगेको नेकपाले अहिले साना–ठूला गरी दर्जनौं समूहमा अस्तित्वमा रहेका छन् ।

संसद्को सबैभन्दा ठूलो दल एमाले आफ्नो पार्टी नेकपाको निरन्तरता भएको दाबी गर्दै आएको छ । एमालेले शुक्रबार ७३ औं पार्टी स्थापना दिवस मनाएको छ 

संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) आफ्नो पार्टी नेकपाको निरन्तरता भएको दाबी गर्दै आएको छ । एमालेले शुक्रबार (आज) ७३ औं पार्टी स्थापना दिवस मनाएको छ । सोही अवसरमा उसले आजै स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ ।

संसद्मा दोस्रो ठूलो वामपन्थी दल नेकपा (माओवादी केन्द्र)ले आफूलाई क्रान्तिकारी र अग्रगामी कम्युनिस्ट पार्टी भएको दावी गरेको छ । नेमकिपा, राजमोजस्ता साना वाम दलहरू पनि संसद्मा अस्तित्वमा रहेका छन् । विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीलगायत शक्तिहरू संसद्बाहिर अस्तित्वमा छन् ।

यसै पृष्ठभूमिमा भएको झापा विद्रोह (०२७–२८) नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । यसले राजतन्त्रविरुद्ध क्रान्तिको उद्घोष ग¥यो । कम्युनिस्ट आन्दोलनमा उत्पन्न शिथिलता र अकर्मण्यताका विरुद्ध विद्रोह, बलिदान र पुनर्गठनको लहर सिर्जना ग¥यो । २०३२ सालमा को–अर्डिनेसन केन्द्र (कोके), २०३५ सालमा नेकपा (माले ) र २०४७ सालमा नेकपा (एमाले)का रूपमा विकास भयो ।

अर्कोतिर केन्द्रीय न्युक्लियसबाट सुरु भएको अर्को धारा ०३१ मा चौथो महाधिवेशन, मशाल÷मसाल, नेकपा (एकता केन्द्र) तथा ०५२ मा नेकपा (माओवादी) र अन्ततः नेकपा (माओवादी केन्द्र) हुँदै अगाडि बढ्यो । तीसको दशकदेखि नेपाली कम्युनिस्ट आन्दोलन मुख्यतया यिनै दुई धारामा धु्रवीकृत रहँदै आएका छन् ।

६४ वर्षे संसदीय इतिहासमा वामपन्थीले प्राप्त गरेको चुनावी मतपरिणाम

प्रजातन्त्र स्थापनापछि ०१५ सालमा पहिलोपटक भएको संसदीय निर्वाचनमा नेकपाले चार सिट जितेको थियो । १०९ सदस्यीय पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले ७४ सिट अर्थात् दुईतिहाइ मत ल्याएको थियो । दुई वर्ष नपुग्दै ०१७ साल पुस १ गते राजा महेन्द्रले संसद् विघटन गरी निरंकुश पञ्चायती व्यवस्था लागू गरेका थिए ।

त्यस्तै ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र पुनस्र्थापना भयो । ०४७ को नयाँ संविधान जारी भएपछि ०४८ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । २०५ सदस्यीय प्रतिनिधिसभा निर्वाचनमा एमालेले ६९ सिट जितेको थियो । कांग्रेसले ११० सिटमा विजयी भइ बहुमत ल्याएको थियो । संयुक्त जनमोर्चाले ९ र नेमकिपाले २ स्थानमा विजयी भएको थियो ।

सरकार गठन भएको साढे तीन वर्ष नपुग्दै सत्तारुढ दल कांग्रेसभित्रको किचलोका कारण ०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । यस निर्वाचनमा ८८ सिट जितेर एमाले सबैभन्दा ठूलो दलको रूपमा उदय भयो । कांग्रेस ८३ सिटमा खुम्चियो । नेमकिपाले ४ सिट जितेको थियो । एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भएको थियो । अधिकारी नेपालको पहिलो कम्युनस्टि प्रधानमन्त्री हुन् । उनको नेतृत्वको सरकारले लोकप्रिय कार्यक्रम ल्याएको थियो ।

सत्ता खिचातानी भएपछि अधिकारी नेतृत्वको सकारले नौ महिनाभन्दा बढी काम गर्न पाएन । संसद्मा बहुमत पाउन नसकेपछि अधिकारीले संसद् नै विघटन गरिदिए । तर सर्वोच्च अदालतले सरकारको निर्णय बदर गरी संसद् पुर्नस्थापना ग¥यो । त्यहीँदेखि संसदीय विकृति, सांसद किनबेच र त्रिशंकु सरकार बन्ने खेल सुरु भयो । ०५२ फागुन १ मा माओवादीले शसस्त्र युद्ध सुरु गरे । ०५४ सालमा एमाले विभाजन भयो । माओवादी युद्धकै बीचमा ०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो । यस निर्वाचनमा पनि कांग्रेसले पुनः बहुमत ल्यायो । २०५ सदस्यीय प्रतिनिधिसभा सदस्यमा कांग्रेसले १११ स्थानमा विजयी भयोे भने एमालेले ७१ सिट ल्याएको थियो । राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा एक र नेमकिपाले एक सिट जितेको थियो ।

माओवादी १० वर्षे सशस्त्र युद्ध उत्कर्ष रहेको अवस्थामा ०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहले संसद् विघटन गरी राजकीय सत्ता आफ्नो हातमा लिएका थिए । राजा ज्ञानेन्द्रको कदमविरुद्ध तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुँदे सहमति भयो । त्यसकै जगमा ०६२-६३ को दोस्रो जनआन्दोलन भयो ।

१९ दिने जनआन्दोलन पश्चात् २४० वर्षे राजतन्त्र ढलेर मुलुक गणतन्त्रमा प्रवेश ग¥यो । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा विद्रोही माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदय भयो ।

पहिलो संविधानसभाबाट संविधान जारी नभइ विघटन भएपछि ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको सर्मनाक हार भयो । माओवादी प्रत्यक्षतर्फ २६ सिटसहित तेस्रो दलमा खुम्चियो । कांग्रेस पहिलो र एमाले दोस्रो दल भए 

यस निर्वाचनमा माओवादीले २२९ सिट ल्याएर पहिलो दल बनेको थियो । कांग्रेसले ११५ र एमालेले १०८ सिट जितेको थियो । मालेले नौ, संयुक्त जनमोर्चाले ८, नेकपा संयुक्तले पाँच, राष्ट्रिय जनमोर्चा चार र नेमकिपाले पाँच सिट जितेको थियो । नेपाली जनता दल र नेकपा एकीकृतले दुई–दुई सिट जितेका थिए । जनमतबाट झण्डै दुई–तिहाइ मतसहित इतिहासमै अभूतपूर्व उपलब्धि हासिल गरेको थियो । प्राप्त जनमतलाई माओवादीले सदुपयोग गर्न नसक्दा एकपछि अर्को धक्का खाँदै गयो । सत्ता स्वार्थको दुस्चक्रले नयाँ संविधान नबनी पहिलो संविधानसभा विघटन भयो ।

पहिलो संविधानसभाबाट संविधान जारी नभइ विघटन भएपछि ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको सर्मनाक हार भयो । माओवादी प्रत्यक्षतर्फ २६ सिटसहित तेस्रो दलमा खुम्चियो । कांग्रेस पहिलो र एमाले दोस्रो दल भए । एमाले र माओवादीसहितको वामपन्थी जनमत ४३ प्रतिशत रहेको थियो । वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको सहकार्यमा ०७२ असोज ३ मा नयाँ संविधान जारी भयो ।

०७४ मा भएको निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन गरी निर्वाचनमा होमिएका थिए । ०६४ पछि सबैभन्दा बढी कम्यु्निस्ट जनमत गत निर्वाचनमा पाएका थिए । झण्डै दुई–तिहाइको शक्तिशाली सरकार गठन भयो । मधेस प्रदेशबाहेक सबै प्रदेशमा कम्युनिस्टको नेतृत्वमा दुई–तिहाइ बढीको शक्तिशाली सरकार बनेको थियो । स्थानीय तहको निर्वाचनमा ५५ प्रतिशत स्थानमा विजय प्राप्त गरेका थिए । एमाले–माओवादीबीच एकता भइ पार्टीको नाम नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेका थिए । तर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावका कारण साढे तीन वर्ष नपुग्दै शक्तिशाली सरकार ढल्यो । सातै प्रदेशमा वाम–लोकतान्त्रिक सरकार बन्यो । सर्वोच्च अदालतले नेकपा नै बदर गरिदियो । एमाले–माओवादी एकता टुट्यो । ०७१ वर्षपछि कम्युनिष्ट एकतामा ठूलो धक्का लाग्यो । फुट र विभाजनबाट एकतामा सुत्रबद्ध भएको नेपालको कम्युनिस्ट आन्दोलन पुनः छिन्न–भिन्न भएको छ । विभाजन र विचलित अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनले आगामी निर्वाचनपछि कस्तो प्रभाव पर्छ त्यो हेर्न बाँकी छ ।

के छन् एमालेको ४८ पन्ने घोषणापत्रको पाँच वर्षे योजनामा ?