पुटिन समर्थक र्यालीमा सहभागी भएका ओलम्पिक च्याम्पियनमाथि प्रतिबन्ध

मस्को । रुसका ओलम्पिक च्याम्पियन इभजेनी राइलोभलाई पौडी खेलको विश्व प्रशासकीय निकाय फिनाले ९ महिनाको प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसी आक्रमणको समर्थनमा निकालिएको र्यालीमा भाग लिएपछि इभगेनीविरुद्ध यो कारबाही गरिएको हो ।
मार्चमा मस्कोको लुज्निकीमा यो र्याली आयोजना गरिएको थियो । र्यालीमा भाग लिने खेलाडीमध्ये २५ वर्षीय राइलोभ पनि एक थिए ।
उनीहरु सबैले युद्धको समर्थनमा जेड अक्षरले लेखिएको लुगा लगाएका थिए । गत समरमा टोकियो ओलम्पिकमा राइलोभले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
राइलोभमा प्रतिबन्धहरू अप्रिल २० देखि लागू हुनेछ । फिनाले भनेको छ कि उनले राइलोभलाई फिनाले आयोजना गरिरहेको सबै प्रतियोगिता र गतिविधिमा प्रतिबन्ध लगाईरहेको छ ।
यद्यपि, यस वर्षको अन्त्यसम्म सबै रूसी र बेलारूसी पौडी खेलाडीहरूलाई फिनाका कार्यक्रमहरूमा भाग लिन निषेध गरिएको छ ।
प्रतिक्रिया