NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरपालिकाका उम्मेदवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले धनराज आचार्यलाई पोखरा महानगरपालिकामा प्रमुखको उम्मेदवारी बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको सोमबार बिहान बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रमुखको उम्मेदवारी बनाउने निर्णय गरेको हो ।

पोखरा वडा नम्बर ५ मा घर भएका आचार्य व्यापारी पृठभूमिका व्यक्ति हुन् । यसअघि मंगलबार बसेको उक्त पार्टीको पोखरा महानर कमिटीले आचार्यसहित पोलिटब्यूरो सदस्य दिलकुमारी पन्त र श्रीनाथ बराललाई प्रमुखको उम्मेरामा सिफारिस गरेको थियो ।

त्यस्तै हेटौंडा उपमानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाइएको छ । काठमाडौं महानगरपालिका उपप्रमुखको उम्मेदवार रामेश्वर श्रेष्ठले पाएको छ । यसैगरी इटहरी उपमहानगरपालिका उपप्रमुखको उम्मेदवार केशवकुमार विष्टले पाएका छन् ।

बुटवल उपमहारनगरपालिका उपप्रमुखको उम्मेदवार चिनबहादुर गुरुङलाई बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका उपप्रमुखमा जोगबहादुर रानामगरलाई बनाउने निर्णय गरेको छ ।

Open photo