ललितपुर महानगरमा गठबन्धनको तर्फबाट चिरिबाबुले मनोनयन दर्ता गराए

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले मनोनयन दर्ता गरेका छन् ।
निवर्तमान मेयरसमेत रहेका महर्जनले यो पटक गठबन्धनका सझा उम्मेदवार हुन् ।
गत निर्वाचनमा उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका थिए । महर्जनले दोस्रो पटक पनि व्यञ्जनकारसँग प्रतिस्पर्धा गर्दै छन् ।
जिल्ला सभापतिसहितका नेताकाे जुलुससहित महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया