गठबन्धनको तर्फबाट भरतपुर महानगरमा रेनु दाहालको उम्मेदवारी दर्ता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मेयरका लागि मनोनयन दर्ता गरेकी छन् ।
सोमबार माओवादी केन्द्रको पार्टी कार्यालयबाट समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।
गत निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग २०३ मतान्तरले जितेकी दाहालले यो पटक विजय सुवेदीसँग प्रतिस्पर्धा गर्दै छिन् ।
तर कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परिसकेकाे छ ।
कांग्रेसका पूर्व सांसद जगन्नाथ पाैडेलले उम्मेदवारी दर्ता गराएका हुन् । उनकाे उम्मेदवारी फिर्ता गराउन नसके एमालेसँग प्रतिस्पर्धा गर्न रेनुलाई कठिन पर्नेछ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया