NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

को हुन् रुसी राष्ट्रपति पुटिनकी प्रेमिका ?

मस्को । युक्रेनमा रुसले आक्रमण सुरु गरेदेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन निरन्तर हेडलाइन बनिरहेका छन् । युक्रेनको समर्थनमा आएका देशहरुले पुटिन, पुटिनको परिवार र उनका सहयोगीहरुलाई प्रतिबन्ध लगाइरहेका छन् ।

अमेरिका, बेलायतलगायतका देशले पुटिनका दुई छोरीमाथि पनि प्रतिबन्ध लगाए । यसपछि अमेरिकामा अहिले पुटिनको अत्यन्त निकट रहेकी र प्रेमिका भनेर दाबी गरिएकी पूर्व एथलेटिक्स अलिना काबाएभालाई प्रतिबन्ध लगाउन माग भइरहेको छ । तर अमेरिका अलिनालाई प्रतिबन्ध लगाउन मानिरहेको छैन ।

३८ वर्षकी महिला एलिनाले मस्कोमा जिम्नास्टहरुसँग मिलेर युक्रेन युद्धको समर्थन गरिरहेकी छिन् । उनले रुसी सेनाको मनोबल बढाउने प्रयासमा छिन् । युद्ध समर्थकको प्रतीक मानिएको जेड लाई पनि प्राथमिकता दिइरहेकी छिन् ।

ओलम्पिकमा स्वर्णपदक विजेता एलिना विश्व चर्चित जिम्नास्ट हुन् । यसबाहेक उनले १४ विश्व च्याम्पियनसिप, २१ युरोपियन च्याम्पियनसिप मेडल पनि जितेकी छन् । पुटिनसँग उनको नाम सन् २००८ देखि जोडिएको हो । तर यी दुवैले आफूहरुको सम्बन्ध अस्वीकार गर्दै आइरहेका छन् ।

एलिनाको विवाह एक प्रहरी अधिकारीसँग भएको थियो । उनी पुटिनसँग नजिक भएपछि श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् । खेलकुदबाट अवकाश लिएपछि एलिना रुसमा सांसद बनिन् । रुसको सत्तामा उनको प्रभाव देखिन थाल्यो । सन् २०१३ मा पुटिनले पनि ल्यूडमिलासँग सम्बन्धविच्छेद गरे । यसपछि एलिनालाई नै रुसको ‘गोप्य प्रथम महिला’ मान्छन् ।

राजनीतिमा आउनुभन्दा अघि गुप्तचरको रुपमा काम गरेका पुटिन आफ्नो व्यक्तिगत एवं पारिवारिक जीवन गोप्य राख्छन् । मस्कोको एक पत्रिकाले एलिना र पुटिनले इन्गेज्मेन्ट गरिसकेको र यी दुईको बच्चा पनि रहेका दाबी गर्दै समाचार लेखेको थियो । समाचार प्रकाशित भएपछि पुटिनले पत्रिकाको सम्पादकलाई जेल हालेर पत्रिका पनि बन्द गराएका थिए ।

जिम्नास्ट र नेताबाहेक एलिना मिडिया टाइकुन पनि हुन् । उनी रुसको राष्ट्रिय मिडिया काउन्सिलको महिला प्रमुख हुन् । उनको देशका सबै प्रमुख पत्रिका र टिभी च्यानलमा प्रत्यक्ष पहुँच छ । पुटिनका विरोधीहरु एलिना पुटिनकै सहयोगले रुसी मिडियामा प्रभावशाली बनेको आरोप लगाउँछन् ।

पुटिनकी प्रेमिका अलिनामाथि अमेरिकाले किन प्रतिबन्ध लगाइरहेकाे छैन ?