विश्वले २०२१ मा बेलायतभन्दा ठूलो वन क्षेत्र गुमायो
काठमाडौं । ग्लोबल फरेस्ट वाचका अनुसार सन् २०२१ मा विश्वले बेलायतभन्दा ठूलो वन क्षेत्र गुमाएको छ । गत वर्ष लगभग २ लाख ५३ हजार वर्ग किलोमिटर वन नष्ट भएको छ ।
युनिभर्सिटी अफ मेरिल्याण्डको नयाँ तथ्यांकअनुसार कम्पनी र सरकारहरूले वन फँडानीलाई रोक्ने प्रतिबद्धताका बावजुद सन् २०२१ मा उष्णप्रदेशीय सदाबहार को हानि निरन्तर रूपमा उच्च रहेको छ ।
यसअनुसार प्रतिमिनेट १० फुटबल मैदान बराबरको वनक्षेत्र नष्ट भइरहेको छ । यो दर सन् २०२० को जस्तै हो । वन विनाश सन् २०१९ बाट तीव्र वृद्धि भएको छ ।
जलवायु परिवर्तन रोक्न र यसको असर कम गर्न वनजंगलले महत्वपूर्ण भूमिका खेल्ने भएकाले वन क्षेत्रको विनाश हुनु दीर्घकालीन संकट हो । विश्लेषकका अनुसार वनको द्रुत विनाशले विश्वव्यापी जलवायु लक्ष्यहरूलाई जोखिममा पारेको छ ।
विश्वव्यापी रूपमा सन् २०३० सम्म कार्बन उत्सर्जन घटाउने र जलवायु परिवर्तन कम गर्ने लक्ष्य पूरा हुने अवस्था नदेखिएकाे रिपाेर्टमा लेखिएकाे छ ।
केही देशहरू, विशेष गरी इन्डोनेसिया र ग्याबोनले प्राथमिक वन विनाशको दर उल्लेखनीय रूपमा घटाएको छ । तर ब्राजिल र बोलिभियाजस्ता अन्य देशहरूमा वन फँडानी दर उच्च छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया