यूएन महासचिवद्वारा सुरक्षा परिषद्को आलोचना
काठमाडौं (एजेन्सी) । संयुक्त राष्ट्र संघका महासचिव एन्टेरियो गुटरेसले आफ्नै संगठन सुरक्षा परिषद् रुस–युक्रेन युद्ध रोक्न असफल भएको भन्दै आलोचना गरेका छन् ।
दुई देशको युद्ध अन्त्यको प्रयासमा रुसपछि युक्रेन पुगेका गुटरेसले सुरक्षा परिषद्को भूमिकाप्रति असन्तुष्टि जायर गरेका हुन् । उनले परिषद्को विफलता ठूलो खिन्नता, निराशा र क्रोधको कारण रहेको बताए ।
‘म स्पष्टसँथ भन्न चाहन्छु कि सुरक्षा परिषद् रुस–युक्रेन युद्ध रोक्न तथा नियन्त्रणन गर्न असफल भयो,’ उनले भने ।
परिषद्मा विश्वका १५ राष्ट्र छन् । यसको मुख्य कार्यभार विश्वमा शान्ति र अमनचयन कायम गर्नु हो । तर परिषद् रुस–युक्रेन युद्धमा करिब–करिब रमितेको भूमिकामा छ । त्यहाँ शान्ति स्थापनाका लागि प्रस्तावहरू ल्याइए पनि पाँच स्थायी सदस्य राष्ट्रमध्ये एक रुसले भिटोमार्फत निष्क्रिय तुल्याइदिएको थियो ।
सुरक्षा परिषद् निकम्मा बनिरहे पनि राष्ट्र संघका अन्य अंगहरूले भने रुस–युक्रेन युद्ध अन्त्यका निम्ति प्रयास जारी राखेको गुटरेसले दाबी गरे ।
‘राष्ट्र संघ पछि हट्दैन भन्ने जानकारी दिन म यहाँ आएको हुँ,’ गुटरेसले भने, ‘हामीले अहिले युक्रेनमा खानेकुरा, नगदलगायत सहयोग गरिरहेका छौं ।’
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया