NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रुसी सेनाको घेरामा रहेको सहरबाट पहिलोपटक सर्वसाधारणलाई बाहिर निकालियो

किएभ । शनिबार युक्रेनी सहर मरिउपोलबाट २० नागरिकको एउटा समूहलाई एक औद्योगिक क्षेत्रबाट बाहिर निकालिएको छ । त्यहाँ झन्डै एक हजार मानिस फसेको हुन सक्ने बताइएको छ ।

युक्रेनको दक्षिणी सहर मरिउपोलमा रहेको एजोवस्तल स्टीलवर्क्स क्षेत्र अझै पनि युक्रेनी सेनाको नियन्त्रणमा छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता यस विशाल औद्योगिक क्षेत्रलाई सिल गर्ने आदेश जारी गरेपछि त्यहाँबाट पहिलोपटक २० जनाको व्यक्तिलाई बाहिर निकालिएको हो ।

त्यहाँ फसेका एक हजार व्यक्तिलाई मुक्त गर्न वार्ता भइरहेको बताइएको छ । यसैबीच रुसले युक्रेनको पूर्वी भागमा आफ्नो आक्रमणलाई तीव्रता दिएको घोषणा गरेको छ ।

तर रुसी मिडियाका अनुसार करिब २५ जना सर्वसाधारण यहाँबाट कुनै न कुनै रूपमा बाहिर निस्कन सफल भएका छन् । यीमध्ये ६ बालबालिका १४ वर्षभन्दा कम उमेरका छन्, तर त्यो टोली कहाँ गयो भन्ने खुलेको छैन ।

स्टिलवर्क भित्रका सैनिकहरू करिब २० जनालाई त्यहाँबाट गएकाे पुष्टि गरेका छन् ।